जसपाको मधेश प्रदेश समिति पुनर्गठन – Nepal Press

जसपाको मधेश प्रदेश समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ । पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेश प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको छ ।

त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुङ्गो लगाइएको छ ।

साथै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ । महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ ।

मधेश प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर