क्रिकेट प्रतियोगिताको उपाधि पद्म पब्लिक माविलाई – Nepal Press

क्रिकेट प्रतियोगिताको उपाधि पद्म पब्लिक माविलाई

डोटी । आफ्नो ७६औं वार्षिकोत्सवको अवसरमा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आयोजना गरेको अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ ।

प्रतियोगितामा आयोजक पप मुना माविले उपाधि हात पारेको छ । सोमवार भएको फाईनल खेलमा प्रतिस्पर्धी दिपायल ऐकेडेमीलाई २ विकेटले हराउँदै विजयी प्राप्त गरेको हो ।

टस जितेर आयोजक पप माबिले दिपायल ऐकेडेमीलाई ब्याटिङको निम्तो दिएको थियो । दिपायल ऐकेडेमीले पहिले ब्याटिङ गर्दै ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा पप मुना माविले ८ विकेट गुमाउँदै २ विकेटको रोमाञ्चक जित निकालेको छ ।

नवौं नम्बरमा ब्याटिङ गर्न आएका पप मुना माविका खेलाडी खगेन्द्र मलासीले बललाई सीमारेखा पठाउदै रोमाञ्चक जित दिलाएका थिए । लिग कम आधारमा खेलाइएको सेमिफाइनल म्याचमा दुबै टोलिले मर्निङ लाईट स्कुललाई पराजित गर्दै फाइनल खेलेका थिए । प्रतियोगितामा मोर्निङ्ग लाईट स्कुल तृतीय भएको थियो । फाइनल खेलको उत्कृष्ट खेलाडी दिनेश नेपाली बनेका छन् ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । क्रिकेट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमसः ३५ हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पुरस्कार बिद्यालयको ७६औं बार्षिकोत्सवको अवसरमा बुधबार वितरण गरिनेछ ।

वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय आधारभूत तह (कक्षा ६–८) स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी १० वटा टिमहरूमध्ये पप मुना मावि प्रथम, भागरथी एकेडेमी, सिलगढी द्वितीय र पवित्र आवासिय मावि र मोर्निङ्ग लाईट बोर्डिङ स्कुल तृतीय भएका छन् ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमसः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *