सटरभित्रका सामान नियन्त्रणमा लिएकोबारे राजु पाण्डेले प्रहरी निरीक्षकलाई सोधे स्पष्टीकरण – Nepal Press

सटरभित्रका सामान नियन्त्रणमा लिएकोबारे राजु पाण्डेले प्रहरी निरीक्षकलाई सोधे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डले नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई स्पष्टीकरण सोधेका छन् ।

महानगरको कार्यसम्पादनका क्रममा टोली कमाण्डर रहेका थापालाई शनिबार सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भइरहेको बारे स्पष्टीकरण सोधेका हुन् ।

उक्त कार्यमा थापाको जिम्मेवारीको लापरबाही भएको देखिएको उल्लेख गर्दै प्रमुख पाण्डेले पछिसम्म फरक नपर्ने २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् । अन्यथा नगर प्रहरी ऐन २०८० अनुसार कारबाही हुने पाण्डेले उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर