घरेलु मैदानमा नेपाललाई एकदिवसीय सिरिज (फाेटाे फिचर) – Nepal Press

घरेलु मैदानमा नेपाललाई एकदिवसीय सिरिज (फाेटाे फिचर)

काठमाडौं । नेपालले क्यानडामाथि सहज जित निकाल्दै घरेलु मैदानमा तीन खेलको एकदिवसीय सिरिजको च्याम्पियन बनेको छ । नेपालले घरेलु मैदानमा क्यानडालाई तीनवटै खेलमा पराजित गर्दै सिरिज च्याम्पियन बनेको हो ।

नेपाललाई सिरिज जिताउन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल महत्वपूर्ण भूमिका खेले । उनले ३ खेलमा ९५ रन बनाउनुका साथै ६ विकेट लिएका थिए ।

उनी प्लेयर अफ द सिरिजसमेत चुनिए । प्रतियोगितामा अनिलकुमार शाह र भीम सार्कीले शतक प्रहार गर्नै घरेलु मैदानमा युवा खेलाडी सूर्य तामाङ, आकाश चन्द, हेमन्त धामी र रिजनले अन्तर्राष्ट्रिय एकदिवशिय क्रिकेटमा डेब्यु गरे । यो सिरिजमा युवा टोलीको प्रदर्शन उत्कृष्ट र आशालाग्दो रह्यो ।

नेपालले क्यानडाविरुद्ध पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेट र तेस्रो खेल ९ विकेटले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर