रोहित बने प्लेयर अफ द सिरिज (भिडिओ) – Nepal Press

रोहित बने प्लेयर अफ द सिरिज (भिडिओ)

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल प्लेयर अफ द सिरिज बनेका छन् ।

नेपाललाई ३-० ले जिताउन महत्वपूर्ण प्रदर्शन गरेको कप्तान रोहित प्लेयर अफ द सिरिज बनेका हुन् ।

उनले ३ खेलमा ९५ रन बनाउनुका साथै ६ विकेट लिए । पहिलो खेलमा ८ रन र ४ विकेट लिएका रोहितले दोस्रो खेलमा ८७ रन र २ विकेट लिएका थिए । तेस्रो खेलमा बलिङ र ब्याटिङ दुवै गरेनन् ।

नेपालले क्यानडाविरुद्ध पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेट र तेस्रो खेल ९ विकेटले जितेको थियो । पहिलो र दोस्रो खेलमा रोहित प्लेयर अफ द म्याचसमेत चुनिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *