सुर्खेतकाे होटलमा आगलागी हुँदा ३० लाखको क्षति – Nepal Press

सुर्खेतकाे होटलमा आगलागी हुँदा ३० लाखको क्षति

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमाआगलागी भएको छ । आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।

आगलागीका कारण करिब ३० लाख बराबरको क्षति हुन पुगेको होटेलका म्यानेजर हेमराज रावतले बताएका छन् ।

आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको उनको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन। घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक याेगेन्द्र सिह थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *