नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य, डेब्यु खेलमा हेमन्तले लिए ३ विकेट – Nepal Press

नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य, डेब्यु खेलमा हेमन्तले लिए ३ विकेट

काठमाडौं । तेस्रो एकदिवसीय खेलमा क्यानडाले नेपालसामु २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो ।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरे । उनी ५० रन बनाएर आउट भए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट भए । कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिए ।

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज यसअघि नै दुई खेल जित्दै नेपालले आफ्नो पक्षमा पारिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर