यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दै – Nepal Press

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको उपाधिका आज भारत र अष्ट्रेलिया खेल्दैछन् । यी दुईबीचको फाइनल खेल्न नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेट र अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हुन् । प्रतियोगितामा भारत र अष्ट्रेलिया दुवै अपराजित छन् ।

यसअघि गत मंसिरमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा भएको थियो । फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *