अफताब आलामविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सुरू – Nepal Press

अफताब आलामविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सुरू

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलगायतविरुद्ध अन्तिम सुनुवाइ सुरू भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरसम्बन्धी उक्त मुद्दा चार वर्षदेखि विचाराधीन छ ।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा यसअघि अदालतले बहस नोट मागेको थियो ।

गत कात्तिक २२ गते बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई विचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानून व्यवसायीको तर्फबाट १५ दिनभित्र बहस नोट माग गरी पेश गर्न आदेश दिइएको हो ।

२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर