वीरगञ्जका मेयर सिंहले स्वीकारे दुई श्रीमती, रुविना कान्छी श्रीमतीबाट जन्मेकी हुन् – Nepal Press

वीरगञ्जका मेयर सिंहले स्वीकारे दुई श्रीमती, रुविना कान्छी श्रीमतीबाट जन्मेकी हुन्

जनकपुरधाम । नक्कली बुवा बनेर रुविना श्रेष्ठ नामकी यूवतीलाई नागरिकता बनाइदिएको विषयमा वीरगञ्ज मेयर राजेशमान सिंहमाथि छानविन सुरु भएको छ ।

शनिवार जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाएर मेयर सिंहसँग गृह मन्त्रालयको टोलीले वयान लिएको हो । वयानमा मेयर सिंहले आफ्नी दुईवटा श्रीमती भएको र रुविना श्रेष्ठ आफ्नै छोरी भएको स्वीकार गरेका हुन् । उनले रुविना कान्छी श्रीमती रिता भट्टराईबाट जन्मेकी बताए ।

अर्काको छोरीलाई आफ्नो छोरी बनाई मेयर सिंहले वंशज नागरिकता दिलाएको आरोप लगाउँदै उनीमाथि आवश्यक छानविन तथा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालयमा समेत उजुरी परेको छ ।

उजुरीको आधारमा गृहले उपसचिव पुष्कर रानाको संयोजकत्वमा समिति बनाएर छानविन गर्न वीरगञ्ज पठाएपछि शनिवार मेयर सिंहसंग बयान लिइयो । विहान ८ बजेदेखि करिब सबा २ घण्टासम्म मेयर सिंहसंग लिखित र भिडिओ वयान लिएको एक अधिकारीले बताए ।

बुवाको रुपमा मेयर सिंहले सनाखत गरेपछि रुविनाले ०७५ मा वंशज नागरिकता पाएकी छन् । राहदानी समेत बनाएकी उनी अहिले विदेशमा छन् । जिल्ला प्रशासन कार्यालयमा भने उनी नागरिकता बनाएको फाइल छैन् । त्यसैले पनि शंकास्पद देखिएको छ ।

मेयर सिंहले बैंक र अन्य सरकारी दस्तावेजमा एकमात्र श्रीमती अन्नपूर्णा मानन्धर र एकमात्र छोरा अनिषमान श्रेष्ठको विवरण दिएका छन् । त्यस विषयमा उनले वयानमा भनेका छन्, ‘रिता भट्टराई मेरो कान्छी श्रीमती हुन् । तर गोप्य राखेका थियौं ।’


प्रतिक्रिया

One thought on “वीरगञ्जका मेयर सिंहले स्वीकारे दुई श्रीमती, रुविना कान्छी श्रीमतीबाट जन्मेकी हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *