सूर्यको पहिलो विकेटमा नेपाललाई पाँचौं सफलता – Nepal Press

सूर्यको पहिलो विकेटमा नेपाललाई पाँचौं सफलता

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडा विरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई पाँचौँ सफलता प्राप्त भएको छ ।

तामाङको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा यो पहिलो विकेट हो ।

उनले खेलेको ३५ औं ओभरको पाँचौं बलमा हर्ष थक्करको विकेट लिएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

उनले बिहीबार क्यानडाविरुद्ध डेब्यु गरेका थिए । पहिलो खेलमा विकेटबिहीन भएका सूर्यले दोस्रो खेलमा आज विकेट लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर