नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीद्वारा ७ लाखको कोष स्थापना – Nepal Press

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीद्वारा ७ लाखको कोष स्थापना

अनुशासित मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवृति दिइने

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि ७ लाखको कोष स्थापना गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो ।

विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले जानकारी गराए ।

पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग गर्ने र मजदुरका काममा निरन्तर काम गर्ने कुशल संगठकहरु मध्येबाट छनौट गरी सम्मान गर्ने उदेश्यले केन्द्रीय कमिटीले विनियम निर्माण गरेर देशभरका कमिटीहरुलाई निर्देशन गरिए बमोजिम लुम्बिनीले उक्त कोष स्थापनाका लागि योजना बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुझाएपछि कोष स्थापना भएको हो ।

अग्रज र अनुशासित मजदुरहरुलाई सम्मान र मजदुरहरुका छोराछोरीहरुलाई पठनपाठनमा संगठनको निजी स्रोतबाट सहयोग गरिएकाले संगठन केन्द्रीय कमिटीले योजना बनाएरै देशैभरीका कमिटीहरुलाई कोष स्थापनामा आह्वान गरिएको संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

श्रमिकहरु कार्यरत स्थानमै पुगेर सहयोग गर्ने र संगठनमा संलग्न गराउने उदेश्य सहित आगामी चैतसम्मका लागि संगठन विस्तार र परिचालन योजना संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले प्रस्तुत गरेको बैठकमा संगठनका केन्द्रीय महासचिव केशवबहादुर थापा (निरु) ले देशभरी सञ्चालन भइरहेको अभियानको समीक्षा प्रस्तुत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *