पोखरामा फागुन ३ देखि ११ औं नेपाल लिटरेचर फेस्टिभल हुँदै – Nepal Press

पोखरामा फागुन ३ देखि ११ औं नेपाल लिटरेचर फेस्टिभल हुँदै

पोखरा । पोखरामा ११औं संस्करण सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभल आउँदो फागुन ३ गतेदेखि ७ गतेसम्म हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलनमार्फत दर्जन बढी विदेशीसहित २ सयभन्दा बढी वक्तासहित ११औं संस्करण लिटरचेर फेस्टिभल हुन लागेको जनाएको हो ।

फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने आयोजकको भनाइ छ । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको अपेक्षा छ । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदैछ ।

आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको बताए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो ।’

सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्लेदेखि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्मका व्यक्ति फेस्टिभलमा सहभागी हुने आयोजनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *