पाँचपोखरी गाउँपालिकामा सोनाम ल्होसारको दुई दिन बिदा – Nepal Press

पाँचपोखरी गाउँपालिकामा सोनाम ल्होसारको दुई दिन बिदा

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होसार शनिबार बिदाको दिन परेकाले गाउँपालिकाले शुक्रबार र आइतबार बिदा दिएको हो ।

ल्होसार एकदिन अगावै र एकदिन पछि बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेलले जारी गरेको सूचनामा उल्लेख छ । पालिकाको वार्षिक पात्रो अनुसार स्थानीय बिदा दिइएको जनाइएको छ ।

सूचनामा भनिएको छ,‘ २०८०र१०र२७ गते सोनाम ल्होसारको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०८० र १० र २६ र २८ गते सम्पूर्ण गाउँपालिका भरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा स्थानीय बिदा दिने भनि गाउँकार्यपालिकावाट भएको निर्णय र गाउँपालिकाको वार्षिक पात्रो अनुसार स्थानीय विदा दिइएको सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ।’ गाउँपालिकामा तामाङ समुदायको बाहुलियता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *