क्यानडाविरुद्ध नेपाल दबाबमा – Nepal Press

क्यानडाविरुद्ध नेपाल दबाबमा

काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा नेपाल दबाबमा देखिएको छ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले सम्हालिएर खेलिरहेको छ। क्यानडाले १३ ओभरमा २ विकेट गुमाएर ७३ रन जोडेको छ। नेपालका सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिए।

भारतीय मुलका पर्गत सिंहले राम्रो खेलिरहेका छन्। यो समाचार तयार पार्दासम्म उनले ३० रन बनाएका छन्। पर्गत र निकोलास किर्तोनबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *