किसानलाई अनुदान हैन प्राविधिक सहयोग चाहिएको छ: मन्त्री शर्मा – Nepal Press

किसानलाई अनुदान हैन प्राविधिक सहयोग चाहिएको छ: मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले किसानमुखी तालिम टेबलमा बसेर हैन किसानको बारीमा बसेर गर्ने पद्धतिको सुरु गरेको बताएका छन् ।

कर्णाली प्रदेश सरकार कृषि तथा पशुपंछी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतको आयोजनामा छ दिने प्रदेश स्तरीय सुन्तलाजात फलफुल खेती गरिरहेका व्यवसायीहरुलाई सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्सलाइन) व्यवस्थापन तथा खेती प्रविधि तालिमको समापन समारोहमा मन्त्री शर्माले किसानमुखी तालिम होटेलको टेबलमा बसेर प्रभावकारी नहुने भएकोले किसानको बारीमा बसेर तालिम गर्ने पद्धतिको सुरुवात सल्यान जिल्लाबाट गरिएको बताएका हुन् ।

‘किसानलाई अनुदान हैन प्राविधिक सहयोग चाहिएको छ’ मन्त्री शर्माले भने । किसानले परम्परागत रुपमा सुन्तलाजात फलफुल व्यवसायी गरेको र पछिल्लो समयमा किसानको सुन्तलाजात फलफुल व्यवसायमा बिभिन्न रोगको संक्रमण बढेको गुनासो किसानले गर्ने गरेकोले प्रदेश सरकारले किसानको समस्या किसानकै खेतबारीमा तालिम सञ्चालन गरी समाधान गर्ने उदेश्य अनुरुप पहिलो पटक सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नं ३ खालीमा प्रदेश स्तरिय सुन्तलाजात ह्रास रोग(सिट्रस डिक्सलाइन)व्यवस्थापन तथा खेती प्रविधि तालिम आयोजना गरेको बताए ।

प्रदेश सरकारले किसानको कृषि तथा पशुधन सुरक्षा गर्ने जिम्मेवारी लिएको तर किसान अनुदानमुखी मात्रै नभई व्यवसायीमुखी हुनुपर्ने कुरामा जोड दिए ।
मन्त्री शर्माले भने,‘अहिले किसानको अनुभव सैद्धान्तिक ज्ञान भन्दा फरक छ तर किसानको व्यवसाय सफल बनाउन व्यवाहारिक ज्ञान र प्राविधिक ज्ञानको आवश्यकता भएकोले प्रदेश सरकारले किसानको खेतबारीमा विज्ञसहितको टोलीबाट तालिम दिन सुरू गरिएको जनाए ।

त्यस्तै मन्त्री शर्माले कर्णाली प्रदेशमा किसानमुखी तालिम होटेलको टेवलमा बस्ने पद्धतिको अन्त्य गरेको बताउँदै कर्णालीमा कृषि र पशुक्षेत्रको बिकासका लागि स्याउ खेती प्रवर्द्धन तालिम जुम्ला चौरी प्रवर्द्धन तालिम डोल्पाका किसानको बारी र गोठमा पुगेर प्रदेश सरकारले तालिम सञ्चालन गर्ने बताए ।
सुन्तलाजात ह्रास रोग (सिट्रस डिक्लाइन) व्यबस्थापन तथा खेती प्रबिधी सम्बन्धी तालिममा कर्णालट्ठ प्रदेशका ५ जिल्लाका २६ जना किसानको सहभागिता रहेको थियो। जस अनुसार सल्यान १३, रुकुमपश्चिम ४, जाजरकोट ४, दैलेख ४, सुर्खेतबाट १ जनाको सहभागिता रहेको तालिममा सहभागीहरुले ‍स्थलगत तालिम भएकोले गर्दा तालिम प्रभावकारी र ब्यबहारिक भएको बताए।

सहभागी मध्ये बागचौर ३ खालीका किसान भद्र बहादुर पुनले भने,‘पहिले काटछाँट तथा मल भिटामिन नर्सरी ब्यबस्थापन गर्न नसक्दा र परम्परागत तरिकाले ब्यबसाय गर्दा भने जति आम्दानी नहुने र श्रम सिप बढी नै प्रयोग गरेको रहेछु । छ दिनको तालिमले व्यवसाय गर्ने झन बढी जोस जाँगर दिलायो । यो तालिमबाट मसँग भएको अनुभव प्राविधिक ज्ञानको झन बढी विकास गर्ने अवसर प्रदेश सकारले दिएको छ। अब सुन्तालाजात फलफुल व्यवसायको सुधार गर्न मल हाल्ने, काट्छाट गर्दा कस्तो हाँगाहरु राख्ने हटाउने भिटामिन कति कति समयमा राख्ने भन्ने बारेमा राम्रो ज्ञान प्राप्त भएको छ यसबाट बिषादी र शुक्ष्म पोषणतत्व प्रयोग गर्ने तरीका बारेमा ज्ञान हासिल गरेकोले ब्यवसाय सुधार हुने छ।’

उनले भने,’सल्यान जिल्लाका आम किसानको समस्या, ह्रास रोग (सिट्रस डिक्लाइन)बाट कसरी जोगाउनेमा चिन्ता र चासो छ ह्रास रोग ९सिट्रस डिक्लाइनबाट बचाउन सुन्तालाजात फलफुलको जाँचको लागि सरकारले सहयोग गर्न माग गरे ।

जाँचबाट गुणस्तरीय बीउ, बिरुवा उपल्ब्ध हुने भएकाले सल्यान जिल्लामा सुन्तलाजाको विरुवामा अनिवार्यजाँच गर्ने नर्सरी विकास गरी विरुवा बितरण गर्न माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *