आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा महिलाको मृत्यु – Nepal Press

आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा महिलाको मृत्यु

हेटौँडा । आगो ताप्ने क्रममा साडीमा आगो सल्केर शरीर जलेपछि एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ तारा गाउँ निवासी ४५ वर्षकी पार्वती रम्तेलको आगो ताप्ने क्रममा शरीरमा आगो सल्कँदा मृत्यु भएको हो ।

घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्केको र दुवै खुट्टा र पेटमा पोलेर गम्भीर घाइते भएकी रम्तेलको उपचारको लागि काठमाडौँ स्थित कीर्तिपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *