ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पक्राउ – Nepal Press

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पक्राउ

पोखरा । ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा २ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा १४ आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

दर्जी हाल पोखरामा बस्दै आएका थिए । उनी ४ वर्षदेखि कतारमा रहेको र नेपाल आएको १ महिना मात्रै भएको प्रहरीले जनाएको छ । क्षेत्री भने बेरोजगार हुन् ।

उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए । उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरूले हिन्दी भाषामा गरा गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *