क्यानडाविरुद्ध नेपालका दुई खेलाडीको डेब्यू – Nepal Press

क्यानडाविरुद्ध नेपालका दुई खेलाडीको डेब्यू

काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका दुई खेलाडीले डेब्य गरेका छन् ।

बायाँ हाते स्पीनर सूर्य तामाङ र बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले क्यानडाविरुद्ध डेब्यू गरेका हुन् । उनीहरूले गत प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेपछि टिममा परेका थिए ।

टियु क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

रिजन र सूर्य घरेलु क्रिकेट बागमती प्रदेशबाट खेल्दै आएका छन् । सूर्य प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *