क्यानडाविरुद्ध टस जिटेर ब्याटिङ गर्दै नेपाल – Nepal Press

क्यानडाविरुद्ध टस जिटेर ब्याटिङ गर्दै नेपाल

तामाङ र ढकालको डेब्यू

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तरगत नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

हुने खेल बिहान सवा ९ बजेबाट खेल सुरु हुनेछ ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो ।

आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् ।

देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *