लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक – Nepal Press

लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक

काठमाडौं । गायिका तथा मोडल लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको छ ।

सुरज पण्डितको शब्द र संगीत रहेको गीत बुधबार गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको सह-मिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ।

सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ ।


प्रतिक्रिया

One thought on “लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर