पीएम कपमा राम्रो प्रदर्शन गरेर आउनुभएकालाई सिरिज अवसर हो: कप्तान पौडेल – Nepal Press

पीएम कपमा राम्रो प्रदर्शन गरेर आउनुभएकालाई सिरिज अवसर हो: कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नयाँ खेलाडीका लागि नेपाल-क्यानडा एक दिवसीय सिरिज अवसर भएको बताएका छन् ।

बिहीबार सुरु हुने नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिजअघि गरिएको पत्रकार सम्मेलनमा कप्तान पौडेलले नयाँ खेलाडीका लागि क्यानडाविरुद्धको सिरिज अवसर भएको बताएका हुन् ।

‘ललित दाइ, सोम दाइको अनुभव छँदैछ । एकदुई जना पीएम कपमा राम्रो प्रदर्शन गरेर आउनुभएको छ । उहाँहरुका लागि अवसर हुनसक्छ भोलिको खेल’, उनले भने ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका अनिल शाह, पवन सर्राफ, रिजन ढकाल र सूर्य तामाङले क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा स्थान बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *