रास्वपाद्वारा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (पूर्णपाठ) – Nepal Press

रास्वपाद्वारा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा सवारी दुर्घटना न्यूनीकरणका उपायसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको भन्दै सचेतक निशा डाँगीले प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पु¥याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमतिपत्र किनबेच गर्ने विचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘दुर्घटनामा परेर ज्यान गुमाउने वा घाइते ६६ लाख ६६ हजार ९३७ परिवार रहेको र त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेका छन् । दीर्घकालीन असर हेर्ने हो भने राज्यले व्यहोर्नुपर्ने मानवीय, आर्थिक र सामाजिक क्षति पनि उत्तिकै ज्यादा हुने गर्छ । सडक दुर्घटनाका कारण बर्सेनि करिब दुई खर्बको क्षति हुने गरेको छ । गत आवमा मात्रै सडक दुर्घटनाबाट एक खर्ब ७३ अर्ब बराबरको आर्थिक क्षति नेपालले व्यहोर्नुपरेको र सडक दुर्घटनाकै कारण कूल गार्हस्थ उत्पादन (जीडीपी)को तीन प्रतिशत बराबरको आर्थिक नोक्सानी बर्सेनि सरकारले व्यहोरिरहेको छ ।’

प्रस्तावको समर्थकमा सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा, अशिम शाह, सोविता गौतमलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर