६१ केजी सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध इन्टरपोलले जारी गर्‍यो पक्राउ नोटिस – Nepal Press

६१ केजी सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध इन्टरपोलले जारी गर्‍यो पक्राउ नोटिस

काठमाडौं । ६१ केजी सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । उनी यो प्रकरणमा पक्राउ परेका दावा छिरिङकी श्रीमती हुन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् ।

भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले अनुसन्धान गरेर अभियोग पत्र दायर भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर