यसरी मनाइयो बालकृष्ण समको १२२ औं जयन्ती – Nepal Press

यसरी मनाइयो बालकृष्ण समको १२२ औं जयन्ती

काठमाडौं । नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

बुधबार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरेर उहाँको स्मरण गरिएको हो । समलाई स्मरण गर्दै वरिष्ठ साहित्यकार बैरागी काईंलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताए ।

उनले नेपाली सािहत्यलाई उन्नत गराउन मात्रै नभइ विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको भुमिका महत्वपूर्ण रहेको बताए । उनले सम नेपाली भाषामा गहन, दार्शनिक, आध्यात्मिक र देशप्रेमले ओतप्रोत, सामाजिक भेदभावलाई शक्तिशाली रुपमा लैख्न सक्ने शाहस भएको व्यक्ति रहनुभएको भन्दै स्मरण गरे ।

बालकृषण सम नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व थिए । समले नाटकमा मात्र सीमित नभइ कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि कीर्तिमानी रचनाहरु गरेका छन् ।

उनका नाटक विधाका रचनाका अतिरिक्त ‘मृत्युपछिको अभिव्यञ्जना’ जस्ता कविता, ‘आगो र पानी’ जस्ता काव्य, ‘चिसो चुल्हो’ जस्तो महाकाव्य, ‘मेरो कविताको आराधना’ जस्ता चम्पूकाव्य नेपाली वाङमयका सर्वकालिक निधि हुन् । उहाँको अभुतपूर्व नाट्य लेखन, लेखन शैली र योगदानले गर्दा नेपाली सेक्शपियरको उपमाले पनि विभूषित गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *