फागुन १९ देखि गौरीगङ्गा गोल्ड कप, प्रथम पुरस्कार ६ लाख – Nepal Press

फागुन १९ देखि गौरीगङ्गा गोल्ड कप, प्रथम पुरस्कार ६ लाख

कैलाली । कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ ।

फागुन १९ देखि २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल पाउनेछ । त्यस्तै उपविजेताले ३ लाख, ट्रफी, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १५-१५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५-५ हजार रुपैयाँ पाउने अध्यक्ष कलेलले बताए ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० वटा टीमले सहभागिता जनाउनेछन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा हुनेछ ।

पत्रकार सम्मेलनमा गौरीगङ्गा नगरपालिकाका उपमेयर भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *