राजेन्द्र लिङ्देनको प्रश्न- सांसद र मन्त्री फरार सूचीमा, योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? (भिडिओ) – Nepal Press

राजेन्द्र लिङ्देनको प्रश्न- सांसद र मन्त्री फरार सूचीमा, योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक परिवर्तनको नाममा देश लुट्ने काम भइरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ठूलाठूला विकास निर्माण र प्रगतिको कुरा गरे पनि देश अगाडि बढ्न नभई पछाडि सरिरहेको बताए।

देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढिरहेको बताए ।

उनले भने- भ्रष्टाचार कहाँ छ भने खोज्ने होइन, कहाँ भ्रष्टाचार छैन भनेर हेर्नुपर्ने अवस्था छ। सरकार सुशासन र प्रगतिका कुरा गर्छ। गणतन्त्र आएपछिका सरकारहरूका पालामा भ्रष्टाचार बढेको छ । एनसेल, टेरामक्स लगायतमा धेरै अनियमितता भएको छ । टेरामक्स ल्याउने र ल्याउन रोकेबापत पनि खाने, ओहो योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? चार वर्षसम्म कुरा नटुंग्याउने ? सांसद र मन्त्री फरार सूचीमा राखिदिने ।


प्रतिक्रिया

One thought on “राजेन्द्र लिङ्देनको प्रश्न- सांसद र मन्त्री फरार सूचीमा, योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ ? (भिडिओ)

  1. भ्रष्ट ब्यबस्था, प्रणाली र पात्रलाई अब राप्रपाको आन्दोलनको आँधिबेहरीले बढार्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर