स्काउटको निर्वाचन नरोक्न सवोच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी – Nepal Press

स्काउटको निर्वाचन नरोक्न सवोच्च अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

स्काउटका तर्फबाट लोकबहादुर भण्डारीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका पत्र कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *