केपी ओली कपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चर्च ब्वाईज र केपी क्लब भिड्दै – Nepal Press

केपी ओली कपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चर्च ब्वाईज र केपी क्लब भिड्दै

काठमाडौं । दोस्रो संस्करणको केपी ओली कपको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार काठमाडौंमा फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।

प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् । त्यस्तै भारतको दिल्ली फुटबल क्लव र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार पैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *