फागुन १८ मा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान – Nepal Press

फागुन १८ मा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरिएको छ ।

लुम्बिनीको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर