माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकता हुन्छ: अध्यक्ष यादव (भिडिओ) – Nepal Press

माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकता हुन्छ: अध्यक्ष यादव (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रको विधान अधिवेशनपछि पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकता प्रक्रिया अगाडि बढ्ने बताएका हुन् ।

नेसपा र माओवादी केन्द्रबीच एकता भएपछि एकता महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

अध्यक्ष यादवले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएकाले उक्त निर्णयअनुरुप काम भइरहेको बताए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताको लागि तयार रहेको उनले बताए ।

उनले भने, ‘माओवादीको विधान अधिवेशन सकिएपछि संयोजन समितिको बैठक बस्छ । त्यो बैठकपछि हाम्रो प्रक्रिया अगाडि बढ्छ । हामी चाहन्छौं कि माओवादीको महाधिवेशन र हाम्रो महाधिवेशन सँगै होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर