नेपाल टेलिकमको दुई दशक लामो इतिहास, दूरसञ्चार क्षेत्रको विकास – Nepal Press

नेपाल टेलिकमको दुई दशक लामो इतिहास, दूरसञ्चार क्षेत्रको विकास

काठमाडौं । नेपाल टेलिकम आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । दुई दशक अर्थात २०६१ अघिसम्म नेपाल टेलिकम कम्पनी एक दूरसंचार संस्थानका रुपमा रहेको थियो ।

टेलिकमका अनुसार २०५१ सालसम्म ४ लाख २२ हजार सेवाग्राहीले दूरसंचार सेवा उपभोग गर्थे । जुन २०८० सालसम्म आइपुग्दा २ करोड १८ लाख भन्दा बढी छन् ।

प्रविधिको विकासक्रमसँगै नेपालको दूरसञ्चार क्षेत्रले पनि आफ्नो क्षेत्रमा फड्को मारेको देखिन्छ । त्यसैमा नेपाल टेलिकमले सरकारी संस्था हुँदै कम्पनी लिमिटेडसम्मको दूरसञ्चार क्षेत्रको सबैभन्दा लामो इतिहास बोकेको छ ।

२०३२ सालमा नेपाल दूरसञ्चार निगमका रुपमा नेपाल सरकारको पूर्ण स्वामित्वमा नेपाल टेलिकमको स्थापना भएको थियो । त्यसको करिब २९ वर्षपछि २०६१ माघ २२ गते नेपाल दूरसञ्चारलाई नेपाल टेलिकम कम्पनीको रुपमा स्थापना गरिएको हो । टेलिकम कम्पनीको रुपमा स्थापना भएपछि मात्रै नेपाल टेलिकमले सर्वसाधारणलाई जीएसएम (ग्लोबल सिस्टम फर मोबाइल) सेवा दिन सुरु गरेको थियो ।

नेपालमा दूरसञ्चार सेवाको विकास

नेपालमा दूरसञ्चार सेवाको सुरुवात सन् १९१३ बाट सुरु भएको इतिहास छ । त्यसको लामो समयपछि सन् १९३४ मा आएर काठमाडौंमा टेलिफोन लाइन स्थापना भएको थियो ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाकै कार्याकालमा सन् १९५० मा सेन्ट्रल ब्याट्री(सीबी) नामक टेलिफोन एक्सचेन्ज स्थापना गरी सर्वासाधारणहरुलाई दूरसंञ्चार सेवा दिन सुरु गरिएको थियो । जंगबहादुरकै कार्याकालयमा पहिलोपटक वायरलेस टेलिफोन सेवाको सुरुवात गरिएको थियो जुन काठमाडौं उपत्यकाभित्र मात्रै सीमित थियो ।

नेपालमा पहिलोपटक अप्टिकल फाइबर नेटवर्क प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा सन् १९९५ अर्थात वि.स २०५१ सालमा ल्याइएको थियो ।

देशमा माओवादी युदको चर्किरहँदा २०५६ साल (सन् २०००) मा नेपाल दूरसञ्चारले इन्टरनेट सभिर्स सेवा लन्च गरेको थियो । त्यसको ४ वर्षपछि अर्थात सन् २००४ मा आएर टेलिकमले प्रि–पेड सेवाको सुरुवात गर्यो । यतिबेला नेपालमा नेपाल टेलिकम पछिको पहिलो निजी दूरसञ्चार कम्पनी एनसेल स्थापना भइसकेको थियो ।

२०६० सालपछि मात्रै निजी कम्पनीले पनि नेपालको दूरसञ्चार क्षेत्रमा प्रतिस्प्रर्धा गर्न पाएका थिए ।

नेपालमा ३ जी सर्भिस र सीआरबीटी सर्भिस सन् २००७ मा लन्च गरिएको थियो । सन् २०११ मा जीएसएम ३ जी डाटा कार्ड सभिर्सको सुरुवात गरेको नेपाल टेलिकमले एक वर्षपछि सन् २०१२ मा ‘वाइम्याक्स ४जी’ सर्भिस लन्च गरेको हो ।

प्रविधिको विकाससँगै नेपाल टेलिकमले निजी क्षेत्रसँग प्रतिस्प्रर्धा गर्दै सन् २०१४ मा अफिसीयल मोबाइल एप समेत लन्च गरेकोे थियो । सन् २०१७ मा आएर टेलिकमले ४जी÷एलटीई सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै, सन् २०२१ मा आएर एनटी टीभी र सन् २०२२ मा ‘इ–सीम’ लन्च गरेर सञ्चालनमा ल्याइसकेको छ ।

यस्तो छ टेलिकमको वित्तीय अवस्था

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैसमासम्म टेलिकमले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कूल आय ४४ अर्व ४२ करोड रुपैयाँ रहेको छ भने खुद मुनाफा ७ अर्ब ९२ करोड रुपैयाँ छ । चालू आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म कम्पनीले २० अर्ब ५३ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कर तथा गैरकर गरी कम्पनीले २८ अर्व ४६ करोड रुपैयाँ नेपाल सरकारलाई बुझाएको छ ।

कम्पनीले पछिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४४ अर्ब ४२ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो । जसमा ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *