सांसदहरुले बैठक बंक हानेपछि संसदमा विद्युतीय हाजिरी, कार्यतालिका पनि लागू – Nepal Press

सांसदहरुले बैठक बंक हानेपछि संसदमा विद्युतीय हाजिरी, कार्यतालिका पनि लागू

बैठकमा सभामुखले भने- गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयमा धेरै प्रश्न उठेका छन्, अब त्यस्तो नहोस्

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि कार्यतालिका लागू गर्ने निर्णय गरेको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा भएको बैठकले विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुखले भने– प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरुको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु । गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु ।

उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्ने बताउँदै सांसदहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने बाटो भएको बताए ।

बैठकमा कानून मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए। कार्यतालिका लागू भएपछि बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर