गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३६५ पुग्यो – Nepal Press

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २७ हजार ३६५ पुग्यो

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २७ हजार ३६५ पुगेको छ । त्यस्तै ६६ हजार ६३० जना घाइते भएका छन् ।

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले बताए ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २०० इजरायलीको ज्यान गएको छ । -सिन्ह्वा/न्यूज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर