धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित – Nepal Press

धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

उनले भनेका छन्-  उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाई छ ।

निर्माण सम्पन्न नभई उद्घाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गर्न शाहले आग्रह गरेका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्यालठट्टा नगर्न आग्रह गर्दै शाहले सो स्थानमा पार्किङ बन्द नरहेको पनि बताएका छन् ।

उनले भनेका छन्- अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौ । अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।


प्रतिक्रिया

3 thoughts on “धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित

  1. केपी ओलीले त्यति बेला धरहराको सम्पूर्ण आयोजनाहरूको होइन, धरहरा (भर्याङसहित स्तम्भ)को मात्र उद्घाटन गर्नुभएको थियो । त्यतिबेला पार्किङ पनि खुल्यो भनेको थिएन ।

  2. यसमा अनावयक बिबाद सिर्जना गर्न जरूरी छैन । धरहरा निर्माण सकिएकै हो । धरहरा वरपरका अन्य संरचना निर्माण बाँकी रहेको कुरालाइ धरहरा नै निर्माण नभए झै प्रचार गर्नु र तत्कालीन सरकारको उपहास गर्ने मनसाय राख्नु कदाचित्त सभ्य कुरा होइन । वास्तविकता जे हो त्यही लेख्न संचारकर्मीहरू नै किन चाहदैनन ? ताज्जुव लाग्ने कुरा हो ।

  3. भित्तामा नाम टाँस्ने र जनतालाई भ्रम छरेर भोट बटुल्ने खड्गप्रसादको कुत्सित आकांक्षाको परिणाम आज देखिंदैछ।सही भन्नुभो मेयरज्यू- `यो पत्र खड्गप्रसादलाई नै पठाउनू!´

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर