तत्काल प्रचण्ड सरकारबाट मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय – Nepal Press

तत्काल प्रचण्ड सरकारबाट मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

काठमाडौं । सत्तारुढ जनमत पार्टीले तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

पार्टीको आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अहिले संघीय सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो । जनताको कामलाई सशक्तरुपमा उठाउने सो पार्टीले जनाएको छ ।

बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत आमसभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।


प्रतिक्रिया

One thought on “तत्काल प्रचण्ड सरकारबाट मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

  1. मजाले कमिशन खाएर बस्न पाईएको छ । मसले दिन्छ पदबाट राजिनामा ? यो नक्कली डाक्टरको पार्टी मधेशीमा सबैभन्दा भ्रष्ट देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर