झलनाथलक्षित माधवको टिप्पणी- जबज समाप्त पार्ने विचार किमार्थ स्वीकार्न सकिँदैन (भिडिओ) – Nepal Press

झलनाथलक्षित माधवको टिप्पणी- जबज समाप्त पार्ने विचार किमार्थ स्वीकार्न सकिँदैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिष्ट पार्टीको अस्तित्वलाई धरासायी पार्नको लागि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरु लागिरहेका बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन गर्र्दै जबजलाई समाप्त पार्ने विचार स्वीकार्न नसकिने बताए ।

उनले भने, ‘सबै परिवेशमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउनुपर्छ। जुन बहुदलीय नीति लिएर हामी बढ्न खोजेको छौं त्यसलाई नयाँ परिवेशनमा लानुपर्छ । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय राजनीतिको त्यति नै आवश्यकता छ । हाम्रो समाजवादी चीन, भेदनाव, क्युवाको जस्तो हुँदैन । समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ ।’

उनले वर्गको अस्तित्वसँगै विचार हुने उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी लाग्नुपर्ने बताए । पार्टीका सम्मानित नेता झलनाथ खनाल जबज छाड्नुपर्ने बताउँदै आइरहेका छन् । त्यसप्रति लक्षित गर्दै उनले भने, ‘विचार नै परिवर्तन गरेर हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठीक भन्न सकिँदैन ।’

 


प्रतिक्रिया

One thought on “झलनाथलक्षित माधवको टिप्पणी- जबज समाप्त पार्ने विचार किमार्थ स्वीकार्न सकिँदैन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर