अल्भेसविरुद्ध जितसँगै ला-लिगाको तेस्रो स्थानमा उक्लियो बार्सिलोना – Nepal Press

अल्भेसविरुद्ध जितसँगै ला-लिगाको तेस्रो स्थानमा उक्लियो बार्सिलोना

हेटौंडा । अलभेसलाई ३-१ ले पराजित गर्दै बार्सिलोना ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

तनावपूर्ण खेलमा बार्साले अल्भेस विरुद्ध खेलको २२ औँ मिनेटमा लेवान्डोस्कीको गोल मार्फत अग्रता लिएको थियो ।

खेलको ४९ औँ मिनेटमा बार्सिलोनाका युवा मिडफिल्डर इल्के गुन्डोगनले सेन्टर(मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेपछि बार्सा २-० को मजबुत अवस्थामा पुगेको थियो । तर त्यसको ठिक एक मिनेट पछि अल्भेसले जबाफी गोल फर्कायो । अल्भेसको लागि ओमोरोद्दिनले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए ।

प्रतिस्पर्धात्मक तथा तनावपूर्ण खेलको ६३ औँ मिनेटमा भिटर रोकले गोल गर्दै बार्सिलोनाको अवस्था ३-१ मा पुर्‍याए । तर खेलको ७२ औँ मिनेटमा डबल एल्लो पाएपछि भिटर बाहिरिएपछि १० जनामा सीमित बार्सिलोनालाइ ९० मिनेटमा ३-१ मा रहन हम्मे हम्मे परेको थियो । तर सावधानीपूर्ण खेल खेल्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क प्राप्त गर्न सफल बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *