२६ दिनकाे यात्रामा महावीर पुनले आफैं बेचे १२ हजार प्रति आत्मकथा – Nepal Press

२६ दिनकाे यात्रामा महावीर पुनले आफैं बेचे १२ हजार प्रति आत्मकथा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् ।

यसबारे जानकारू दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन,  २१४० कि.मी यात्रा, १२ हजार किताब बिक्री ।’

काठमाडौंबाट बैतडीसम्मको यात्रामा बाटोमा सित्तैमा खाना, बस्न पाएको र २८ हजार रुपैयाँको डिजेल लागेको उल्लेख गरेका छन् ।

१२ हजार किताब ७५० दरले बिक्री हुँदा ९० लाख कमाई भएको देखिन्छ । चार करोड लक्षले हिडेका पुनलाई यो एक राहत हो ।

पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् । ७० वर्ष कटेपछि ‘बुढेसकालको खर्च जुटाउने स्रोत’को रुपमा आत्मकथा लेख्न सोचेका पुनले राष्ट्रिय आविष्कार केन्द्रले पाएको अनुदानको प्रक्रिया पूरा गर्न चाहिने ४ करोड जोहो गर्नुपर्ने बाध्यताले केही चाँडै आत्मकथा ल्याएको बताएका छन् ।

७५० रुपैयाँ मूल्यको ३०६ पृष्ठको किताबमा पुनले आफ्नो व्यक्तिगत, सामुदायिकदेखि सार्वजनिक तथा राष्ट्रियसम्म काममा जोडिएका सबैजसो विषयमा खुलस्त लेखेका छन् ।

याे पनि पढ्नुस्: महावीर पुनको सार्वजनिक जीवनका प्रमुख पाँच टर्निङ प्वाइन्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *