जनअपेक्षानुसार तीव्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेन : गृहमन्त्री श्रेष्ठ – Nepal Press

जनअपेक्षानुसार तीव्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तीव्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आजको केन्द्रीय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तीव्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताए । उनले यसको लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु रहेको बताए ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको र संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गर्नुपर्ने बताए ।

‘नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न सकेको छैन आजको केन्द्रिय कार्यभार त्यो नै हो । तर त्यसको लागि सशुासन अनिवार्य शर्त हो । त्यसका लागि सरकारले अहिलेको कानूनको मुल मन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय भनेर अघि बढेको छ । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पनि हो’, उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु हो । यसको निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन छ । त्यसलाई संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गरेर द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु आजको कार्यभार भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर