कार्यकर्ताहरुलाई एकढिक्का हुन एमाले नेता थापाको निर्देशन – Nepal Press

कार्यकर्ताहरुलाई एकढिक्का हुन एमाले नेता थापाको निर्देशन

डोटी ।नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले एक ढिक्का भएर पार्टी बलियो बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

‘डोटीको पार्टी एकताबद्ध बनाउन जिम्मेवार कमरेडहरु एक ठाउँमा बस्नुहोस् बिगतमा भएका कमीकमजोरीहरुको समिक्षा गर्नुहोस्’ शनिवार एमाले जिल्ला पार्टी कार्यालयमा बोल्दै थापाले भने ‘अहिलेको मुख्य आवश्यकता यही हो ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश पनि यही भएको उनको दावी छ ।

पार्टीभित्र नीतिमा, विचारमा बहस र छलफल अनिवार्य भएको तर कुनै पनि बाहनामा वैरभाव राख्न नहुने उनको भनाई छ । नेता कार्यकर्ताहरुमा बैरभाव बढ्दै गएमा सिङ्गो पार्टीले घाटा व्यहोर्नु पर्ने उनको बताए ।

पार्टी कामको सिलसिलामा बाजुरा जाने क्रममा डोटीमा उपलव्ध नेता कार्यकर्ताहरुसंगको भेटघाटमा थापाले कार्यकर्ताहरुमा उत्साह थप्न जिल्ला अधिवेशनबाट पार्टी एकढिक्का भएको सन्देश प्रवाह हुनु पर्ने बताए ।

गठबन्धनको चरम घेराबन्दीकाबिच पनि गत बर्षको निर्वाचनमा डोटीबाट प्रदेशसभाको एक सिट जित्नु र प्रतिनिधि सभाका लागि सम्मानजनक मत ल्याउन सक्नु एमाले एकढिक्का हुनुको परिणाम भएको उनको दावी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर