निर्माण पूरा नभएको दुधौली नगर अस्पतालको प्रधानमन्त्रीले गरे उद्घाटन  – Nepal Press

निर्माण पूरा नभएको दुधौली नगर अस्पतालको प्रधानमन्त्रीले गरे उद्घाटन 

सिन्धुली ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन्।
दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।  सिर्थौलीमा निर्माणाधीन अस्पताल भवनको काम पूरा नहुँदै प्रधानमन्त्री दाहालले उद्घाटन  गरेका हुन् ।

दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु अस्पताल भवन अधुरो रहेको देखेपछि प्रधानमन्त्रीले बाँकी काम पूरा गर्न रकम उपलब्ध गराइदिने आशा व्यक्त गर्छन् ।

‘अस्पताल भवनमा स्टिमेटअनुसार लिफ्ट, रेलिङ, छाना र अस्पतालभित्र आवश्यक पर्ने फर्निचर तथा उपकरणहरु केही पनि छैन’, थारुले भने, ‘भवन बनेको छ, भित्री कामहरु अधुरा छन् । हामीले त्यही अधुरो कामहरु पूरा गर्न उहाँले रकम उपलब्ध गराइ दिनुहुनेछ भन्ने उद्देश्यले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर ल्याउन पत्राचार गरेका हौं ।’
भवन निर्माण पूरा गर्न रकम अभाव भइरहेको थारुको भनाइ छ ।
करिब  १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *