सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयो : विष्णु पौडेल (भिडिओ) – Nepal Press

सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयो : विष्णु पौडेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे ।

उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे । उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताए ।

उनले भने, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ ।’

उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर