प्रधानमन्त्रीले सिन्धुलीमा निर्माण पूरा नभएको अस्पताल उद्घाटन गर्दै – Nepal Press

प्रधानमन्त्रीले सिन्धुलीमा निर्माण पूरा नभएको अस्पताल उद्घाटन गर्दै

उपमेयर भन्छन्- निर्माण अधुरो देखेपछि प्रधानमन्त्रीले बजेट उपलब्ध गराउने आशा छ

सिन्धुली । आफ्नो यसपटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा अपवादबाहेक नजाने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज निर्माण कार्य पूरा नभएको सिन्धुलीको एक अस्पताल उद्घाटन गर्न आउँदै छन् ।

दुधौली नगरपालिका वडा नंं ५ सिर्थौलीमा निर्माणाधीन अस्पताल भवनको काम पूरा नहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्न लागेका हुन् ।

दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु अस्पताल भवन अधुरो रहेको देखेपछि प्रधानमन्त्रीले बाँकी काम पूरा गर्न रकम उपलब्ध गराइदिने आशा व्यक्त गर्छन् ।

‘अस्पताल भवनमा स्टिमेटअनुसार लिफ्ट, रेलिङ, छाना र अस्पतालभित्र आवश्यक पर्ने फर्निचर तथा उपकरणहरु केही पनि छैन’, थारुले भने, ‘भवन बनेको छ, भित्री कामहरु अधुरा छन् । हामीले त्यही अधुरो कामहरु पूरा गर्न उहाँले रकम उपलब्ध गराइ दिनुहुनेछ भन्ने उद्देश्यले प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर ल्याउन पत्राचार गरेका हौं ।’

भवन निर्माण पूरा गर्न रकम अभाव भइरहेको थारुको भनाइ छ ।

सुविधासम्पन्न भवन निर्माणका लागि १८ करोड रुपैयाँ संघीय सरकारले विनियोजन गरेको थियो । तर सम्झौताअनुसार भवन निर्माण नभएको दुधौली ५ सिर्थौलीका वडाध्यक्ष यदुप्रसाद काफ्लेले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *