आहा रारा पोखरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै – Nepal Press

आहा रारा पोखरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

पोखरा । २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । थ्री स्टार र आर्मीबिचको फाइनल खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

सेमिफाइलनमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० र आमीले चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका हुन् ।

थ्रीस्टार यस प्रतियोगितामा ५ पटक च्याम्पियन बन्दा आर्मी ४ पटक फाइनल पुग्दा उपाधि चुम्न सकेको छैन । २०७५ मा भएको संकरणमा आर्मीलाई हराउँदै थ्रीस्टारले उपाधि चुमेको थियो । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा राराको उपाधि जितेको छ ।

च्याम्पियनले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *