भारतविरुद्ध लगातार विकेट गुमाउँदै नेपाल – Nepal Press

भारतविरुद्ध लगातार विकेट गुमाउँदै नेपाल

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध नेपालको चौथो विकेट गुमेको छ । चौथो विकेटको रुपमा विशालविक्रम केसी १ रनमा आउट भएका छन् ।

यसअघि अर्जुन कुमाल २६ रन बनाएर आउट भएका हुन् । २४औं ओभरको पहिलो बलमा अर्जुन बोल्ड आउट भएका हुन् ।

दोस्रो विकेटको रुपमा उत्तम थापामगर ३० बलमा ८ रन बनाएर २२औं ओभरको पाँचौं बलमा आदर्श सिंहको हातबाट क्याच आउट भएका थिए ।

यसअघि पहिलो विकेटको रुपमा दीपक बोहरा २२ रन बनाएर आउट भएका हुन् । उनी १४ औं ओभरको दोस्रो बलमा राज लिम्बानीको हातबाट क्याच आउट भएका थिए ।

नेपालले २४ ओभर २ बलमा ४ विकेट गुमाएर ७४ रन बनाएको छ । नेपालका कप्तान देव खनाल ६ रन बनाएर खेलिरहेका छन् ।

यसअघि दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *