भारतविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालको मध्यम सुरुवात – Nepal Press

भारतविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालको मध्यम सुरुवात

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा नेपालले भारतविरुद्ध मध्यम सुरुवात गरेको छ ।

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो पावरको समाप्तिमा प्लेमा विनाविकेट ३९ रन बनाएको छ । नेपालका लागि ओपनर दीपक बोहरा ३५ बलमा २० रन र अर्जुन कुमाल २५ बलमा १२ रन बनाएर खेलिरहेका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *