कांग्रेसले भन्यो- कोशीको निर्वाचन परिणामलाई गम्भीर रुपमा लिएका छौं – Nepal Press

कांग्रेसले भन्यो- कोशीको निर्वाचन परिणामलाई गम्भीर रुपमा लिएका छौं

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा कोशीमा भएको भोट क्रसलाई गम्भीर रुपले लिएको बताएको छ । आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले नतिजा अनपेक्षित भएको ठहर गरेको बताए ।

उनले भने, ‘गठबन्धनबाट १९ जना साझा उम्मेदवार उठाएका थियौं । तर, कोशीमा एक सीट गुमायौं । त्यसलाई अनपेक्षित ठहर गर्दै हामीले यो विषयलाई गम्भीर रुपमा लिएका छौं ।’

गठबन्धनको पक्षमा स्पष्ट मत हुँदा पनि कांग्रेसबाट कृष्ण सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । कांग्रेसबाट धोखा भएको भन्दै माओवादीले असन्तुष्टि जनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर