म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो – Nepal Press

म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

काठमाडौं । म्यानमारले संकटकाल ६ महिना थप गरेको छ ।

म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो । कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरे ।

देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ । बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवद्र्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ ।

म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपतकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर