सामाजिक सञ्जालबाट पीडित परिवारसँग फेसबुक मालिक जुकरबर्गले मागे माफी – Nepal Press

सामाजिक सञ्जालबाट पीडित परिवारसँग फेसबुक मालिक जुकरबर्गले मागे माफी

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकमा मालिक मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट पीडित परिवारसँग माफी मागेका छन् ।

मेटा कम्पनीका प्रमुख कार्यकारी निर्देशक जुकरबर्गले बुधबार अमेरिकी सदनमा भएको संसदीय सुनुवाइको क्रममा माफी मागेका हुन् । माफी माग्दै जुकरबर्गले भनेका छन्, ‘तपाईँहरुलाई जे भएको छ त्यसमा म माफी चाहान्छु । तपाईँहरुको परिवारलाई जस्तो कसैलाई पनि केही नपरोस् ।’

सामाजिक सञ्जाल फेसबुकमा यौन हिंसामा परेका तर अनलाइन यातना सहन नसकेर आफ्नो ज्यान दिएका परिवार तथा आफन्तहरुलाई जुकरबर्गले माफी मागेका हुन् ।

अमेरिकी सदनको न्यानयिक समितिमा बुधबार जुबरबर्गको माफीको समाचार विश्वभर प्रकाशन गरिएको छ । रुसी विश्व च्यानल आरटीले पनि यसलाई प्राथामिकताकासाथ प्रकाशन गरेको छ ।

रिपब्लिकन सांसद जो हलेले पीडित परिवारलाई नीजिरुपमा कुनै सम्बोधन गरेको भएको छ कि छैन भन्ने प्रश्नमा भने जुकरबर्गको त्यस्तो नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर